मकै गोडेर फर्किदै गरेकी महिलाको ‘हाइटेन्सन’ को करेन्ट लागेर मृत्यु


२९ जेष्ठ २०७९, आईतवार
current

धादिङ । दक्षिण धादिङको थाक्रे गाउँपालिका-१ मा एक महिलाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । बारीमा मकै गोडेर घर फर्कदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिए ।

११ हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीले बताएका छन् । लगातार पानी परिरहेको अवस्थामा बाटो हिँड्दा नै करेन्ट लागेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७