मोहन्याल गाउँपालिकाका अध्यक्ष निलम्बित, जिसस निर्वाचन प्रक्रियामा भाग लिन नपाउने


२९ जेष्ठ २०७९, आईतवार
56 Shares
Debidatta1655038812

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।

उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सोमबार हुने जिससको निर्वाचन प्रक्रियामा गाउँपालिका अध्यक्षको हैसियतमा अधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आयोगले कैलालीका मुख्य निर्वाचन अधिकृतलाई पत्रमार्फत सार्वजनिक पदमा रहेको व्यक्तिविरुद्ध भ्रष्टाचारको मुद्दा चलेमा किनारा नलागेसम्म पदबाट स्वतः निलम्बन हुने व्यवस्था भएकाले उनलाई निर्वाचन प्रक्रियामा सहभागी नगराउन भनेको छ ।

‘भ्रष्टाचारको आरोपमा मुद्दा चलेकामा सो मुद्दाको किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेको व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ’, आयोगको पत्रमा भनिएको छ ।

jagdamba.cement
rbbbb

अघिल्लो कार्यकालमा मोहन्याल गाउँपालिका-२ को वडाध्यक्ष रहेका बेला उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो । उनी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७