अमेरिकामा बिना कसुर २२ वर्ष कैद भोग्नेलाई एक करोड १७ लाख डलर क्षतिपूर्ति


३० जेष्ठ २०७९, सोमबार
28 Shares
idaho man compensated for wrongfully imprisoned1655050311

आइडह फल्स । अमेरिकाको आइडह राज्यको आइडह फल्स सहरले गल्तीवश मृत्युको अभियोग लगाइएका कारण २० वर्ष कारावास सजाय भुक्तान गरेका एक पुरुषलाई क्षतिपूर्तिस्वरूप एक करोड १७ लाख अमेरिकी डलर दिने भएको छ ।

अहिले ४५ वर्ष उमेर पुगेका क्रिस्टोफर ट्यापलाई सन् १९९६ मा एक १८ वर्षीया युवतीको हत्याको अभियोगमा जेल चलान गरिएको थियो । सन् २०१९ मा मारिएकी युवतीकी आमा एन्जी डोड्जकी आमाले अनुसन्धानकर्ताहरूलाई डीएनए विश्लेषण र जेनेटिक जिनोलोजिमार्फत घटनाको पुनः छानविन गर्न अनुरोध गरेपछि अन्ततः सक्कली हत्यारा फेला परेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नयाँ प्रमाणले सो हत्याकाण्डमा ब्रियान लेइग ड्रिप्स सिनियर नामक अर्कै पुरुष संलग्न रहेको देखायो । अन्ततः अपराध स्वीकार गरेका सिनियरलाई सन् २०२१ को फ्रेब्रुअरीमा हत्या र बलात्कार अभियोगमा दोषी ठहर गरिएको थियो ।

नगर परिषद्ले क्षतिपूर्ति रकम भुक्तानीका लागि अनुमोदन गर्नुअघि मेयर रेवेक्का क्यास्परले ट्याप समक्ष क्षमायाचना गरेकी थिइन् ।

jagdamba.cement
rbbbb

ट्यापको भनाइलाई उद्धृति गर्दै द एशोसिटेड प्रेसले जनाएको छ, ‘मैले गर्दै नगरेको अभियोगका लागि २० वर्षभन्दा लामो समय जेलमा बिताएको समयका लागि जति पनि डलरको परिमाणले न्याय दिन सक्तैन । जेहोस् यस क्षतिपूर्ति रकमले मलाई जीवन अघि बढाउन मद्दत गर्नेछ ।’

सन् १९९६ को १३ जुनमा आइडह फल्सस्थित डोड्जको घरमा प्रवेश गरेर ड्रिप्सले सुतिरहेकी उनको बलात्कार पछि झण्डै टाउको छिनिने गरी हत्या गरेका थिए । द न्युयोर्क टाइम्सबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७