दक्षिण अफ्रिकासँग भारत फेरि पराजित


३० जेष्ठ २०७९, सोमबार
South Africa defeat India Cricket1654796435

काठमाडौं । अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेट श्रृंखलामा दक्षिण अफ्रिकासँग भारत फेरि पराजित भएको छ । टी-२० को दोस्रो खेलमा घरेलु टोली समेत रहेको भारतलाई दक्षिण पाहुना टोली अफ्रिकाले ४ विकेटले पराजित गरेको हो ।

जितसँगै दक्षिण अफ्रिकाले २-० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । दक्षिण अफ्रिकाका लागि हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । यस्तै, भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन मात्र जोड्यो । भारतका लागि श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । यता, दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७