५२ लाखको अवैध सामान बरामद


३० जेष्ठ २०७९, सोमबार
baramad
सांकेतिक तस्विर

महोत्तरी । सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट चोरी छिपाइ लाँदै गरेका लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्लाको बर्दिबास-४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले रु ५२ लाख १० हजार मूल्य बराबरको अवैध सामानसहित आइतबार एक जनालाई पक्राउ गरेको हो ।

ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको अवस्थामा संघीय सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका-१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरिएको बाहिनी मुख्यालयले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको बाहिनी मुख्यालयले जनाएको हो ।

यसअघि भन्सार छलीका सामान सीमा क्षेत्र वरपर नै फेला परे पनि यस घटना भने जिल्लाको सीमा भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तर बरामद भएको हो । सामानबाहेक नियन्त्रणमा लिइएको ट्रकको मूल्य २० लाख करिब भएको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७