आईजीपी नियुक्तिविरुद्धको रिट कामु प्रधानन्यायाधीश कार्की र चुडालको बेञ्चमा


३० जेष्ठ २०७९, सोमबार
igp

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

धिरज प्रताप सिंहलाई वैशाख १८ गते सरकारले आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले आजका लागि पेसी तोकेको हो । गोलाप्रथाबाट पेसी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको हो ।

जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो । तर त्यस दिन सुनुवाइ नभएकाले चुडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले जानकारी दिइन् । आजको पेसीमा अवकाश प्राप्त तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ ।

यसअघि वैसाख २२ गते न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदश दिन अस्वीकार गर्दै जेठ १७ गतेलाई अर्को पेसी तोकेको थियो । कारण देखाउ आदेश दिएकोमा सबैले लिखित जवाफ पनि पेश गरिसकेका छन् ।

सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका हुन् । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए । सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन् । एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकास हुनेछन् ।

सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले विदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । वैसाख १९ देखि बिदामा थिए । बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएपछि पोखरेलले मिसिलमा बिदा मागेको प्रमाण पनि मिसिलमा संलग्न गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७