खेलकुद मन्त्री गहतराज रुस प्रस्थान


३० जेष्ठ २०७९, सोमबार
Maheshwor Gahatraj and Damodar Regmi

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मीसहित पाँच दिने भ्रमणका लागि आज (सोमबार) रुस प्रस्थान गरेका हुन् ।

रुस प्रस्थान गर्नुअघि मन्त्री गहतराजले खेलकुद कूटनीतिमार्फत् नेपाल-रुसको ६६ वर्ष पुरानो सम्वन्ध सुधारमा भूमिका खेल्ने बताएका छन् । मन्त्री गहतराजले रुस सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनसँग औपचारिक भेट गर्ने कार्यक्रम छ । भ्रमणको क्रममा नेपालको खेलकुद क्षेत्रको विकासमा पारस्परिक सहयोगका विषयमा समेत छलफल हुने मन्त्री गहतराजले बताएका छन् ।

भ्रमणको क्रममा गहतराजले खेलकुद विश्वविद्यालय र अन्तर्राष्ट्रिय रंगशालाको भ्रमण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमसमेत तय भएको मन्त्री गहतराजले बताए । रुस र युक्रेनबीच लडाइँ चलिरहेका बेला युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको अनुमतिमा नै मन्त्री गहतराज रुस जानुलाई अर्थपूणर् रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७