कृषिमन्त्रीलाई सांसद अधिकारीको प्रश्न : किसानले कहिले पाउँछन् मल ?


३० जेष्ठ २०७९, सोमबार
khagaraj adhikari 2

काठमाडौँ । सांसद खगराज अधिकारीले मल अभाव भएको भन्दै आपूर्तिको माग गरेका छन् । सोमबार प्रतिनिधि सभामा बोल्दै अधिकारीले किसानलाई धानवालीमा हाल्न आजै मल चाहिएको बताए ।

उनले भने, ‘मुख्य बाली धानका लागि कहिले आउँछ मल ? किसानलाई अहिले आजै चाहियो मल । अर्जेन्ट छ, अहिले चाहियो, विनियोजन विधेयकमाथि छलफल त गरेकै छौं नि । अहिले आजै किसानलाई खेतमा हाल्न मल चाहियो ।’

उनले ४ लाख मेट्रिक टन मल चाहिएको भन्दै कृषिमन्त्रीले लगभग एक लाख ५० हजार जीटुजी गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘भारतले ६०/६५ हजार मेट्रिक टन दिन सक्दैनौं भनेको छ भन्ने सुनेको छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७