च्यासलमा एमाले सचिवालय बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालयको बैठक शुरु भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बसेको हो ।
आइतबार पार्टी केन्द्रीय कार्यालयले सचिवालयका बैठकका एजेण्डा तय गरेको थियो । बैठक स्थानीय तहको निर्वाचनको समीक्षामा केन्द्रित हुने एमालेले जनाएको छ । बैठकमा निर्वाचन समीक्षासँगै, विभागहरुको पूणर्ता र समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ । एमालेले असार २ र ३ गते जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रम गर्न लागेकाले सचिवालयले त्यसको खाका समेत तयार गर्ने बताइएको छ ।