मन्त्री झाँक्रीको आक्रोश : ५० लाखको सयौं टुक्रे योजना हालिदिएर हुन्छ चाँहि के ?


३० जेष्ठ २०७९, सोमबार
ramkumari jhakri 1 1
फाइल फोटो

काठमाडौँ  । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शहरी विकाससम्बन्धी करिव साढे पाँच सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोखेकी छन् ।

उनले राजनीतिक गफ गर्नका लागि मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन् । मन्त्री झाँक्रीले देशको योजना व्यवस्थित नभएको, एउटा मन्त्रालयले दिएको नीति, कार्यक्रम अर्को मन्त्रालयले गोप्य राख्ने र बाहिर निकाल्दा छरपस्ट बनाएको आरोप लगाइन् । उनले बजेटका कारण करिव एक हप्ताको समय आफै सामान्य रुपमा आउन नसकेको बताइन् । मन्त्री झाँक्रीले शर्त गरेपछि कार्यान्वयन गर्नुपर्ने तरिकाले काम अघि बढाउनु पर्ने बताएकी छन् ।

उनले भनिन्, ‘करिव करिव साढे ५ सय योजना ५० लाखको बनाएर शहरी विकासमा हालेपछि आखिर हुन्छ चाँही के ? पोल्टिसिएनलाई मात्रै गफ गर्ने । हामी मात्रै गफ गर्ने हो । यो खालको विकराल अवस्था छ । व्यक्ति हस्तान्तरणको गफ गर्छौं । संघले छानेका आयोजना तल कार्यान्वयन गर भनेर दिनु कुन संघीयताको पक्षधरता हो ? हाम्रो प्लानिङ व्यवस्थित भएन ।’

उनले थपिन्, ‘एउटा मन्त्रालयले नीति कार्यक्रम बनाएर दियो, अर्को मन्त्रालयले लगेपछि यस्तो गोप्य राख्यो कि, बाहिर निस्किने बेलामा छरपस्ट, थामिनसक्नु, ६/७ दिन हामी आफै नै नर्मल कण्डिसनमा आउनु पर्ने भयो । त्यसैले यो अवस्थामा हामीले छलफल गरौं । वन मन्त्रालयले एआईए स्वीकृत गर्ने बेलामा सिसडोलमा यो यो काम गर भनेर शर्त राखेको रहेछ, ती शर्तहरु मात्रै पालना गरेको भए पनि आज फोहोरमैलाको यो अवस्था हुने थिएन । हामी शर्त राख्ने र कसैले कार्यान्वयन नगर्ने, यो हुँदै भएन र हामीले गरेको गफ पनि आदि मान्छे मरेपछि ब्युँतिने स्थिति आउँछ । जुनै सिजनमा पनि विपद् हुन्छ भन्ने कुरा ध्यानमा राखेर तयारी थालौँ। हामी एकैचोटी होइन, प्लानिङमा काम गरौं ।’ मन्त्री झाँक्रीले सबै विपद्का कार्यक्रम र योजना एकैप टक नभइ दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने हिसावले अघि बढ्नुपर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७