आईजीपीविरुद्धको रिटमा आज पनि फैसला नहुने


३० जेष्ठ २०७९, सोमबार
63 Shares
igp

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिटमाथिको फैसला आज (सोमबार) पनि नहुने भएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको यो मुद्दाको बहस नसकिएपछि आज फैसला नहुने भएको हो । रिट निवेदनक एआईजीपी विश्वराज पोखरेलको पक्षका अधिवक्ताले मंगलबार खाजा समय अघिसम्म बहसका लागि समय मागेका छन् ।

सर्वोच्च बारका अध्यक्ष समेत रहेका अधिवक्ता पूणर्मान शाक्यले भोलि खाजा समयसम्ममा बहस सक्ने इजलासमा बताएका छन् । सर्वोच्चमा अहिले एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिरहेका छन् । यसअघि तीन डीआईजीले हालेको रिटमाथि पक्ष-विपक्षकै बहस सकिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रिटमाथि कामु प्रधानन्यायाधीश कार्की र नयायाधीश चुँडालको इजलासमा अन्तिम सुनुवाइ चलिरहेको छ । रिट निवेदक पोखरेलको तर्फबाट बहस सकिएपछि मंगलबार नै विपक्षी महान्यायाधिवक्ता कार्यालय र निजी कानुन व्यवसायीहरुले बहस गर्नेछन् । सरकारले वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गर्ने निणर्य गरेपछि एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटको सुनुवाइका लागि यसअघि जेठ १७ गतेको इजलासले सोमबारका लागि पेशी तोकेको थियो । गोलाप्रथाबाट पेशी तोक्दा कामु प्रधानन्यायाधीश कार्की र चुडालको इजलासमा परेको थियो । जेठ १७ मै अन्तिम सुनुवाइको मिति तोकिए पनि त्यसदिन सुनुवाइ हुन सकेको थिएन । त्यतिबेला न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र चुँडालको इजलासमा परेको थियो ।

jagdamba.cement
rbbbb

तर त्यस दिन सुनुवाइ नभएकाले चुँडालले रिटको सुनुवाइ गर्न मिल्ने एआईजी पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। पोखरेलको रिटसँगै अवकाश भइसकेका तीन डीआईजीको मुद्दा पनि सँगै राखिएको छ । सरकारले आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल सर्वोच्च पुगेका थिए । सँगै भर्ना भए पनि पोखरेल सिंहभन्दा १७ महिना पहिले एआईजी भएका थिए ।

सर्वोच्चले पोखरेलको पक्षमा फैसला नगरे उनी राजीनामा दिने तयारीमा छन् । एआईजीको उमेर हदका कारण साउन २० गते अनिवार्य अवकाश हुनेछन् । सिंहलाई आईजीपी स्वीकार्न नसक्ने भन्दै अहिले बिदा अस्वीकृत भए पनि कार्यालयमा हाजिर भएका छैनन् । २४ गते नै उनको बिदा सकिएको हो । उनी वैशाख १९ देखि बिदामा थिए । पोखरेलले थप १० दिन बिदा माग गरे पनि सिंहले नदिएर हाजिर हुन निर्देशन दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७