ग्लोबल आइएमई बैंकले अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै


२७ जेष्ठ २०७९, शुक्रबार
global ime bank 2 scaled

कठमाडौं, २७ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाट स्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निमार्ण गर्ने भएको छ ।

बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटि प्रा.लि.संग सम्झौता गरेको हो ।

उक्त संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटि प्रा. लि.का प्रमुख आर्किटेक्ट संजय बहादुर थापाबीच हस्ताक्षर भएको हो । उक्त भवन निर्माण हेतु भवनको डिजाइज बनाउने सम्झौता समेत गरेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७