बैंक अफ काठमाण्डूका ग्राहकलाई अन्नपूर्ण केबल कारको टिकट खरिदमा १०% को छुट


२७ जेष्ठ २०७९, शुक्रबार
Annapurna cable car

काठमाडौं, २७ जेठ । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बिच छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वीप तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७