५२ करोड ठगी मुद्दामा लम्बोदर न्यौपानेलगायत ६ जनालाई सफाइ


३१ जेष्ठ २०७९, मंगलवार
63 Shares
Lambodar Nyopane

काठमाडौं : नेपाल इञ्जिनियरिङ कलेज भक्तपुरको अनियमितता सम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतले आरोपित लम्बोदर न्यौपानेसहित ६ जनालाई सफाइ दिएको छ । न्यायाधीश उमेश कोइरालाको इजलासले ६ जना अभियुक्तलाई सफाइ दिने फैसला गरेका हुन् ।

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण–४ भक्तपुरका प्राचार्य हरिकृष्ण श्रेष्ठको जाहेरीमाथि अनुसन्धान गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको प्रतिवेदनका आधारमा कलेजका पूर्वअध्यक्ष न्यौपानेसहित ६ जनाविरुद्ध भक्तपुर जिल्ला अदालतमा २०७७ पुस २८ मा ठगी तथा किर्ते मुद्दा दर्ता भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

न्यौपानेसहित अरू सञ्चालकहरू लवराज भट्टराई, उपेन्द्र गौतम, रामरत्न उपाध्याय साथै कलेजका पूर्व लेखा नियन्त्रक रामकुमार श्रेष्ठ र पोखरा विश्वविद्यालयका सहायक प्रशासक चोलाकान्त च्वाईंलाई कलेजका कागजात किर्ते गरी ५२ करोड रूपैयाँ ठगी गरेको अभियोग थियो।

नेपाल इन्जिनियरिङ कलेजबाट न्यौपानेले ३३ करोड ७५ लाख १७ हजार ६४६ रूपैयाँ, रामरत्न उपाध्यायले चार करोड ७० लाख ६८ हजार ६४४ रुपैयाँ र लवराज भट्टराईले ६ करोड ३४ लाख ६६ हजार ६०७ रुपैयाँ ठगी गरेको अभियोग लागेको थियो । त्यस्तै उपेन्द्र गौतमले पाँच करोड ६९ लाख २३ हजार ४३१ रुपैयाँ र रामकुमार श्रेष्ठले २८ लाख ६४ हजार पाँच सय रुपैयाँ ठगी गरेको भन्दै कलेजलाई भराउन माग गरिएको थियो ।

jagdamba.cement
rbbbb

चोलाकान्त च्वाईंमाथि कीर्ते गरेर कलेजको विधान परिवर्तन गरेको अभियोग लागेको थियो । भक्तपुर जिल्ला सरकारी वकिलको कार्यालयले २०७७ को कात्तिक १७ मा मृत्यु भएका सूर्यबहादुर केसीको जायजेथा वा बैंक ब्यालेन्सबाट दुई करोड १८ लाख ५० हजार ८०० रुपैयाँ कलेजलाई भराउन दाबी लिएको थियो । 

यसअघि न्यौपानेले तत्कालीन अख्तियार आयुक्त राजनारायण पाठकलाई घुस खुवाएर आफ्नो पक्षमा पार्ने कोसिस गरेको भिडिओ रेकर्ड सार्वजनिक भएको थियो । पाठकले ७८ लाख रूपैयाँ घुस लिएको भिडिओ रेकर्ड बाहिरिएपछि अख्तियारले पाठकसहित न्यौपानेलाई पनि तानेर मुद्दा चलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७