झापामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

झापा । झापाको गौरादहमा ट्याक्टरको ठक्करबाट एक बालकको ज्यान गएको छ । गौरादह-१ स्थित सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नंको ट्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका-१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।