अल सबाबको चर्को करले किसान घर-खेत छोड्न थाले


३१ जेष्ठ २०७९, मंगलवार
al shabab

मोगादिसु । अन्तर्राष्ट्रिय लडाकु समूह अल कायदसँग आवद्ध अर्को इस्लामिक लडाकु समूह अल सबाबले सोमालियाका विभिन्न भागमा कृषिमा चर्को कर लगाएको छ ।

कृषिमा ठूलो परिमाणको करका कारण खडेरीको गम्भीर समस्याका वावजुद पनि किसानलाई वाली लगाउन समस्या भएको छ । अल सबाबले लामो समयदेखि सोमालियामा हिंसात्मक सघर्ष गर्दै आएको छ । खडेरीले सोमालियाका राष्ट्रपति हसन शेख मोहमदका विशेष दूत अब्दिरहमान अब्दिसाकुर वार्सामिले अल सबाबको अत्यधिक कर मागको कारण किसानहरू आफ्ना घर र खेत छाड्न थालेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘७० लाखभन्दा बढी सोमाली खडेरीबाट पीडित छन् । यसमध्ये २ लाख ५० हजार व्यक्ति भोकमरीको जोखिममा छन् । खडेरीका कारणमात्र नभई असुरक्षाका कारण पनि मानिस भाग्न थालेका छन् । अल सबाब आतंककारी समूहको नियन्त्रणमा रहेका क्षेत्रहरूमा तिनिहरूले कृषकहरुलाई वाली लगाउन रोकिरहेका छन्’, वार्सामिले भनेका छन्, ‘तिनीहरूले बोटबिरुवा लगाउने प्रक्रिया, माटो तयारी प्रक्रिया र वाली कटानमा कर लगाएका छन् । पशुपालन गर्नेहरूले पनि पशु बेच्दा पशुको भाउभन्दा बढी कर तिर्नुपर्ने भएको छ ।’

city

अल सबाबले सोमलियामा आफ्नो छवि सुधार्न र राहत वितरण कार्य गरेर देखाउन प्रायः खडेरीको नाजायज फाइदा उठाउने गरेको छ । गत जनवरीमा ‘खडेरी राहत’ अभियान थालेको जनाएको थियो । बीबीसी

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७