आणविक युद्ध भए पूरै युरोप ध्वस्त हुने रुसी अधिकारीको चेतावनी


३१ जेष्ठ २०७९, मंगलवार
Volodin Russia

किभ । रुसी संघीय सभाको तल्लो सदन स्टेट डुमा अध्यक्ष भियाचेस्लाभ भोलोदिनले युक्रेनलाई आणविक हातहतियार आपूर्ति गरिए शुरु हुने सम्भावित आणविक युद्धले युरोपेली महादेश नै ध्वस्त पार्ने चेतावनी दिएका छन् । उनले पोल्याण्डका पूर्व विदेशमन्त्री रादोस्लाव सिकोर्स्कीलाई उद्धृत गर्दै यस्तो चेतावनी दिएका हुन् ।

टेलिग्राम-च्यानलले भोलोदिनको भनाइ राखेको छ, ‘सिकोर्स्की युरोपको मध्य भागमा आणविक युद्धका लागि उक्साइ रहेका छन् । उनले युक्रेन र पोल्यान्डका भविष्यबारे सोचेको छैनन् । यदि उनको सल्लाहहरू पूरा गरिए भने यी दुई मुलुक लगायत युरोपकै अस्तित्व समाप्त हुनेछ । सिकोस्र्की र उनी जस्तैका कारण युक्रेनलाई नाजी सिद्धान्तबाट नभइ सेनाबाट समेत मुक्त गराई त्यसलाई आणविक हतियाररहित अवस्थामा पुर्‍याउनु आवश्यक भएको हो । सिकोस्र्की जस्ता विधायकहरूले युरोपलाई अझै धेरै समस्यामा पार्नेछन् ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भोलोदिनले पूर्वमन्त्री सिकोर्स्कीको आधिकारिकता खोस्नु, उनको मानसिक अवस्थाको मूल्याङ्कन गर्न र उनलाई घरमै थुनरे राख्न सल्लाह पनि दिएका छन् । युक्रेन पहिल्यै आणविक हतियार मुक्त मुलुक हो । यसले सन् १९९४ मा सुरक्षा आश्वासनमा आधारित बुडापेस्ट ज्ञापनपत्रमा गरेको हस्ताक्षर अनुसार स्वेच्छाले आफ्ना सम्पूर्ण आणविक हतियार नष्ट गरेको थियो ।

city
ncll 2

उक्त सम्झौताले युक्रेनको भू-भाग र सार्वभौमको ग्यारेन्टी गरेको थियो । यस्तो ग्यारेन्टी दिनेहरूमध्ये एक रुस आफै पनि थियो । युरोपेली संसदका समेत डेपुटी रहेका सिकोस्र्कीले युक्रेनलाई आणविक हतियार उपलब्ध गराइनु पर्ने सल्लाह दिएका थिए । युक्रेन्स्का प्राभ्दाबाट

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७