चितवन जिसस प्रमुखमा एमालेका अधिकारी विजयी


३१ जेष्ठ २०७९, मंगलवार
chitwan

चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायणप्रसाद अधिकारी गोला तानेर विजयी भएका छन् । उनको प्रतिष्पर्धी नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट थिए ।

गोला प्रथा हुँदा संयोजकसहित बहुमत सदस्य एमालेले जितेको छ । आज (मंगलबार) भएको मतदानमा जिसस संयोजकसहित सदस्य पदहरूमा समान मत आएपछि गोला प्रथा भएको थियो । जिसस गठनका लागि पालिका प्रमुख र उपप्रमुखले मतदान गर्छन् ।

सात पालिका रहेको चितवनमा एमाले एक्लैले सात प्रमुख र उपप्रमुख र सत्तारूढ गठबन्धनका दलहरूले पनि प्रमुख/उपप्रमुख गरी सात पदमा जित हात पारेको थियो । जिसस गठनमा एमाले र नेकपा एकीकृत समाजवादीबीच तालमेलको योजना पनि थियो । फलस्वरूप एमालेले जिसस उपप्रमुखमा उम्मेदवारी नै दिएनन ।

जसका कारण समाजवादीले जिसस उपप्रमुख उम्मेदवार बनाएकी कल्पना काफ्ले सापकोटा निर्विरोध भएकी थिइन् । यस्तै एक जना महिला सदस्यमा पनि एमालेले उममेदवारी दिएन । सदस्यमा उठेकी समाजवादीकी उम्मेदवार पूजा गुरुङले एमालेको समेत गरी १४ मत ल्याइन् । तर समाजवादीका मतदाताले गठबन्धन बाहिर गएर एमालेका कुनै पनि उम्मेदवारलाई मतदान गरेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७