लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री वलीलाई जिप्रका दाङ लगियो


३१ जेष्ठ २०७९, मंगलवार
bimala

दाङ । कुटपिटको आरोपमा दाङ तुलसीपुरबाट पक्राउ परेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा प्रक्रिया अघि बढाउने गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जानकारी दिए । विमलाले बिहान तुलसीपुर नगरपालिका-५ का एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोट लागेको र कपडा च्यातिएको प्रहरीले जनाएको छ । राज्यमन्त्री वलीले एकराज बस्नेत आफ्नो श्रीमान् रहेको दाबी गर्दै आफूहरूमाथि कुटपिट गरेको मीना भण्डारीले बताएकी छन् ।

विमला एकराजको घरमा सुरक्षागार्डसहित झण्डावाल गाडीमा पुगेको पाइएको प्रहरीले जनाएको छ । विमलालाई प्रहरीले इलाका प्रहरी कार्यालयबाट बाहिर निकाल्दा पीडितका आफन्तले कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७