मेलम्चीको विकल्पमा तीन वटा मुहानको अध्ययन भइरहेको छ : खानेपानी मन्त्री

‘वर्षा सकिने वित्तिकै मेलम्चीको पानी काठमाडौंमा आउँछ’


३१ जेष्ठ २०७९, मंगलवार
umakanta chaudhary

काठमाडौँ । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी योजना वर्षा यामसम्म बन्द गरिने बताएका छन् । आज (मंगलबार) को प्रतिनिधि सभा वैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिँदै खानेपानीमन्त्री चौधरीले वर्षा सकिने वित्तिकै मेलम्चीको पानी काठमाडौंमा ल्याउने सरकारको योजना रहेको बताएका हुन् ।

उनले भने, ‘मेलम्चीको सुरुङमा लेदो पस्यो । योजना सञ्चालन वर्षा यामसम्म बन्द गरिएको हो । वर्षायाममा सुरुङलाई थप क्षति हुन दिन सकिएमा वर्षा सकिने वित्तिकै पानी सञ्चालन गर्न सकिने मन्त्रालयको योजना रहेको छ । यस अवधिमा पानीको अभाव हुन नदिन बागमतीबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी पठान्तरण गर्ने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका बोरिङहरुको क्षमता अभिवृद्धि गर्ने र अन्य स्रोतको उपयोग गर्ने कार्यहरु भइरहेको छ ।’ मेलम्चीमा पहिरो न्यूनिकरणका लागि अध्ययन भइरहेको उनको भनाइ छ ।

मेलम्ची खानेपानीको विकल्पका लागि मकवानपुरको सिस्नेखोला, ललीतपुरको ठोस्ने र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको खानेपानी मन्त्री चौधरीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७