माधव नेपालले औंल्याए गठबन्धनभित्रका सात समस्या


३१ जेष्ठ २०७९, मंगलवार
Madhav Nepal

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनका दौरान सत्तारुढ गठबन्धनभित्र सात प्रकारका समस्या देखा परेको विश्लेषण गरेको छ । आज (मंगलबार) देखि शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको चुनावी समीक्षा प्रतिवेदनमा गठबन्धनभित्र देखा परेका समस्याबारे स्पष्ट उल्लेख छ ।

उनका अनुसार गठबन्धन गर्नै नचाहने, गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, गठबन्धनभित्र उपगठबन्धन गर्ने, गठबन्धन भएका स्थानमा इमान्दारिपूर्वक भोट नहाल्ने, गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने र गठबन्धनमा रहेका दलहरुमा सहकार्यको भावना कमजोर हुने समस्या देखिएको थियो ।

उनले गठबन्धनलाई आफ्नो हितमा प्रयोग गर्न चाहने प्रवृत्ति देखिएको र यो प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रम बढी देखिएको पनि उल्लेख गरेका छन् । त्यस्तै गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर रहेको र गठबन्धनलाई आफ्नो हितमा मात्रै प्रयोग गर्ने प्रवृत्ति रहेको निष्कर्ष अध्यक्ष नेपालद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यस्तो प्रवृत्ति नेपाली कांग्रेस र माओवादी केन्द्रमा बढी देखिएको बताइएको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पाँच दलबीच भएको चुनावी तालमेल असफल भएको बताएका छन् । स्थायी कमिटीबाट बाहिरिने क्रममा सञ्चारकमीसँग कुराकानी गर्दै नेता खनालले तालमेल सम्मानजनक नभएकाले परिणाम पनि नआएको बताए । मन्त्री फिर्ता बोलाउनेबारे यसअघि नै निर्णय भइसकेकोले थप छलफल आवश्यक नरहेको खनालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७