सुत्केरी हुन नसकेर कालिकोटमा २८ वर्षीया महिलाको मृत्यु


१ असार २०७९, बुधबार

कालीकोट । कालीकोटमा एक महिलाको सुत्केरी हुने क्रममा ज्यान गएको छ । खाँडाचक्र नगरपालिका-५ की २८ वर्षीया पुन्नकली विकको सुत्केरी हुन नसकेर मृत्यु भएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि उनलाई आफन्तले सोमबार जिल्ला अस्पताल कालीकोट पुर्‍याएका थिए । सुत्केरी गराउने क्रममा उनको मंगलबार मृत्यु भएको डा.रत्नवीर सुनारले जानकारी दिए । ‘पाठेघरमा साल च्यातिएर रगत जमेको थियो । बच्चा समेत उल्टो बसेकाले बचाउन सकिएन,’ डा. सुनारले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७