तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-१ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट मंगलबार एक बालकको ज्यान गएको छ । चितुवाको आक्रमणबाट स्थानीय पाँच वर्षीय सुपिम्र रिलामीको ज्यान गएको हो ।
घरको आँगनमा खेलिरहेको अवस्थामा रिलामी चितुवाको आक्रमणमा परेका हुन् । उनको शव घरभन्दा २०० मिटर टाढाको छपेली सामुदायिक वनमा फेला परेको बन्दीपुर गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए ।
’चितुवाको आक्रमणमा परेको थाहा पाउने वित्तिकै खोज्दै जाँदा वनमा मृत फेला पार्यौं’, उनले भने । चितुवाले बालकको घाँटीमा आक्रमण गरेको छ । केही दिनयता बन्दीपुरमा चितुवाको आतंक बढेको छ । गत शनिबार र आइतबार चितुवाको आक्रमणबाट बन्दीपुर-१ र ४ मा दुई जना घाइते भएका थिए ।