खुम्बु घुम्न आएका दुई विदेशी बेपत्ता


१ असार २०७९, बुधबार
sagarmatha 1

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रको भ्रमणमा आएका दुई विदेशी पर्यटक तीन सातादेखि वेपत्ता भएका छन् । खुम्बु क्षेत्र आएका भारतीय नागरिक ३१ वर्षीय पुरुष सिरनाथ चन्द्रमोहोन र कोरियाली नागरिक ५० वर्षीया महिला योहन २४ दिनदेखि सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जेठ ५ गते सगरमाथा राष्ट्रिय निकुन्जको मन्जो चेकपोस्टमा इन्ट्रि भएर आधारशिविरतर्फ लागेका ती दुवै पर्यटक त्यसयता सम्पर्कमा नरहेको प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले बताए ।

भारतीय नागरिक सम्पर्कविहिन भएको भन्दै खोजीमा सहयोग गरिदिन भारतीय दूतावासबाट टेलिफोन आएको र कोरियाली नागरिक परिवारको सम्पर्कमा नभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । पथ प्रदर्शकबिना खुम्बु घुम्न आएका उनीहरुको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७