४५ हजार युवालाई सैन्य सेवामा लगाउने भारतको ‘अग्निपथ’ योजना


१ असार २०७९, बुधबार
Indian Army File Photo1655229662

नयाँदिल्ली । भारत सरकारले निवृत्ति भरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ ।

अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ । रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चारवर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ ।

चार वर्षपछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ । उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन् । त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७