राजेन्द्र लिङदेनको प्रस्ताव : एसपीपी सम्झौता रोक्न स्वतन्त्र चुनावी सरकार गठन गरौं


१ असार २०७९, बुधबार
rajendra lingden2022 02 27 04 39 51

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकार गठनको प्रस्ताव अघि सारेका छन् । प्रतिनिधिसभाको आज (बुधबार) को वैठकमा बोल्दै अध्यक्ष लिङदेनले परराष्ट्र नीतिमा असन्तुलित हुन नदिन पनि स्वतन्त्र सरकार गठनको आवश्यकता रहेको बताए ।

उनले तत्काल आम निर्वाचनको मिति तोक्न समेत सरकार समक्ष माग गरेका छन् । लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति तोक्नुपर्ने माग राखेका हुन् ।

‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकारले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७