त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने


१ असार २०७९, बुधबार
airport 2 scaled 1
फाइल फोटो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (बुधबार) आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटनाको काल्पनिक घटना अनुसार त्यसको प्रतिकार्यको अभ्यास गरिने भएकाले दिउँसो ३ बजेदेखि आधा घण्टा विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानस्थल संकटकालीन योजना अनुसार पूर्ण संकटकालीन अवस्थाको अभ्यास गरिने भएको हो । यो अभ्यासका क्रममा आकाशमा कालो धुँवाको मुस्लो देखिने छ । दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७