प्रधानमन्त्रीले एसपीपीमा हस्ताक्षर नगर्ने बताउनु भएको छ : माधव नेपाल


१ असार २०७९, बुधबार
Madhav Nepal

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको हित बिपरितका कुनै सम्झौतामा हस्ताक्षर नहुने प्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई बताएको जानकारी गराएका छन् ।

पार्टी कार्यालय तीनकुनेमा आज (बुधबार) बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले आजै बिहान माओवादी अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र आफूबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हित बिपरित कुनै सम्झौता नगर्ने बताएको जानकारी गराएका हुन् ।
नेपालको हितमा आघात पुग्ने र रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफूबाट नहुने र अरु देशले चासो राखेर कसैले भने पनि आफूले नमान्ने प्रधानमन्त्रीको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले वैठकमा बताएका छन् ।

त्यस्तै स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा तत्काल हस्ताक्षर गर्ने कुनै तयारी नरहेको र अमेरिकाले पनि दबाब नदिएको गृहमन्त्रीले पनि जानकारी दिएको उनले बताएका छन् । अध्यक्ष नेपालले अहिले सबैको गतिविधिहरुलाई नियाल्नु पर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको बताएका छन् । उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका विषयमा आवश्यक छलफल गर्न तयार रहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७