प्रविशा अधिकारी र कुशल थलाङको स्वरमा सोनिया लिम्बुको ‘के भुल ?’ सार्वजनिक

काठमाडौं, १ असार । कलाकार सोनिया लिम्बुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमियो फिल्स मार्फत मंगलबार उनको नयाँ म्युजिक भिडियो ‘के भुल ?’ सार्वजनिक भएको हो । भिडियोमा उनकाे कोरियोग्राी समेत रहेको छ ।
चर्चित गायिका प्रविशा अधिकारी र कुशल थलाङको स्वर रहेको गीतको भिडियोमा कलाकार सोनियासँगै रमेश सुनुवार, सिता कुमारी तुम्बापो र भुमिहाङ लिम्बुको फिचरिङ रहेको छ । भने सृष्टि कोयु राईले मेकअप गरेकी छिन् ।
तारा प्रकाश लिम्बुले संगित गरेको गीतमा जानु काङबाङ लिम्बुकाे रचना रहेकाे छ ।
यस्तै संखुवासभा र तेह्रथुम जिल्लाको गुफा पोखरी, तीजुरे, मंगलबारे, चौकी लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोकाे छायाँकन र सम्पादन बिबि लिम्बु, ड्रोन प्रशु थलाङ र निर्देशन प्रकाश लिम्बुको रहेको छ ।