गण्डकी सरकारको बजेट ३५ अर्ब ९० करोड, के-के छन् प्राथमिकतामा ? (पूर्णपाठ )


१ असार २०७९, बुधबार
KD KASKI

कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट प्रस्तुत गरेको छ ।
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले आज (बुधबार) आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गरेका हुन् । जसमा चालू १३ अर्ब २६ करोड अर्थात् ३६ प्रतिशत र २२ अर्ब १४ करोड आर्थत ६१ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत छ ।


स्रोत केन्द्रको अनुदान १६ अर्ब ५४ करोड बाहेक राजस्व बाँडफाँटबाट ९ अर्ब २३ करोड र आन्तरिक राजस्वबाट ५ अर्ब ९ करोड र रोयल्टीबाट ३२ करोड स्रोत ल्याउनेछ ।

गण्डकी प्रदेशले चालू आर्थिक वर्षको लागि ३० अर्ब ३ करोडको बजेट विनियोजन गरेको थियो। जसमा चालूतर्फ १३ अर्ब ६ करोड अर्थात् ४३.५ प्रतिशत, पूँजीगततर्फ १६ अर्ब ७३ करोड अर्थात् ५५.७ प्रतिशत र वित्तिय व्यवस्थातर्फ २४ करोड अर्थात् ०.८ प्रतिशत बजेट विनियोजन गरेको थियो ।


जसमा स्रोतको व्यवस्थापमा संघीय सरकारबाट समानीकरण अनुदान ७ अर्ब ४२ करोड, सशर्त अनुदान ४ अर्ब १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड करोड रुपैयाँ छ । त्यस्तै राजस्व बाँडफाँटबाट ७ अर्ब ६२ करोड, रोयल्टीबाट प्राप्त हुने ३० करोड र आन्तरिक राजस्वबाट प्राप्त हुने ४ अर्ब ९८ करोड उठ्ने अनुमान रहेको छ । ४ अर्ब नपुग हुने बजेटमा मौज्दात २ अर्ब र १ अर्ब आन्तरिक र १ अर्ब संघीय सरकारबाट ऋण लिने उल्लेख रहेको थियो ।

गण्डकीले जेठ १६ गतेसम्म चालू खर्च ३४.८६ प्रतिशत र पुँजीगत ४१.३६ प्रतिशत खर्च भएको थियो। गण्डकी प्रदेशले चालू आथिक वर्षमा ७५ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री बरालले जानकारी दिए ।

गण्डकी प्रदेशले स्थानीय तहमा अनुदान बढाएको छ । १ अर्ब १६ करोड समानीकरण अनुदान, समपूरक अनुदानतर्फ ५० करोड ७० लाख, सशर्त अनुदान १८ करोड १० लाख र विशेष अनुदान २६ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशबाट राजस्व बाँडफाँटबाट ७२ करोड हुने अनुमान गरिएको छ ।
के-के छन् प्राथमिकतामा ?
गण्डकीले भौतिक पूर्वाधार र स्वास्थ क्षेत्रलाई प्राथमिकता दिएको छ । गण्डकी प्रदेशले सडक र पुलकोलागि १० अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश अर्थमन्त्री बरालले आर्थिक वर्ष २०७९/०८०को बजेट २०६ किलोमिटर सडक कालोपत्रे हुने बताए ।

२० वटा सडक पुल र १५ वटा झलुर्गे पुल निर्माण हुने छ । स्थानिय तहको केन्द्रमा सडक नपुगेको ठाउँमा सडक पुर्याउन बजेट विनियोजन गरेको छ ।

प्रदेशिक लोकमार्ग, उत्तर दक्षिण सडक निर्माणमा प्राथमिकता दिएको उल्लेख गरेको छ । पोखरा विमानस्थलदेखी फेवातालसम्म द्रुर्तमार्ग बनाउन संभ्भाव्यता अध्ययन गर्ने भएको छ ।
बजेटको पूर्णपाठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७