कांग्रेसलाई एसपीपी स्वीकार्य छैन, अमेरिकालाई ‘नो थ्याङकस’ भन्दिन्छौं : विश्वप्रकाश शर्मा


१ असार २०७९, बुधबार
35 Shares
bishwa prakash

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) स्वीकार्य नभएको बताएका छन् । महामन्त्री शर्माले बुधबार ट्वीट गर्दै नेपाली कांग्रेस र त्यसको नेतृत्वको सरकारले एसपीपी स्वीकार्य नहुने धारणाको प्रतिनिधित्व गर्ने बताएका छन् ।

‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङ्कस’ उनले लेखेका छन्, ‘एसपीपी हामीलाई स्विकार्य छैन !’ अमेरिकाको नेशनल गार्डसँगको सहकार्यसम्बन्धी दस्तावेज सार्वजनिक भएपछि राजनीति गर्माएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणअघि एसपीपी सम्बन्धी दस्तावेज सार्वजनिक भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘कांग्रेसको धारणा यही (अस्वीकार गर्ने) बन्नेछ र कांग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ’ शर्माले लेखेका छन् ‘हामी साझा ढंगले प्रष्ट छौं- समुन्नतिमा सबैको साथ स्वीकार्य, सामरिक सहकार्यको रणनीतिक प्रस्ताव सदैव अस्वीकार्य !’

यसअघि कांग्रेसका अर्का महामन्त्री गगन थापाले एसपीपी अस्वीकार्य भएको भन्दै त्यस विषयमा प्रधानमन्त्री देउवाले संसदमै जानकारी गराउनु पर्ने माग गरेका थिए । विपक्षी दलहरुले पनि त्यस विषयमा सरकारको धारणा माग गरेका छन् ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७