अदालतका कारण कालोसूचीका ठेकेदारलाई कारबाही गर्न सकिएन : भौतिकमन्त्री यादव


१ असार २०७९, बुधबार
renu yadav

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको बताएकी छन् । मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भइरहेको पनि बताएकी छन् ।

आज (बुधबार) मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अदालतले कुरै नबुझी आदेश दिएका कारण कालोसूचीका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको गुनासो गरे ।
मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढ्न नसकेकोतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराइन् ।

‘ठेकेदारलाई कालोसूचीमा राख्दा अदालतमा मुद्दा हालिन्छ । अहिले भर्खरै एउटा पुलको हामीले कालो सूचिमा राख्यौं । अदालतमा गए । अदालतले उसलाई फेरी रोक्का गरिदियो । अव मन्त्रालयले के गर्छ?’, उनले गुनासो गरिन्, ‘अहिले हुलाकी सडकको हजारौं ठाउँमा काम अवरोध छ मुआब्जाको कारण स्टेअर्डर भएर बसेको छ । २/३ फिट जग्गा स्थानीयले दिँदैनन् । त्यो धेरै ठाउँमा हामीले मिलाएका छौं । करोडौंपतिलाई पनि मुआब्जा चाहिन्छ । केही नभएको त कुरै नगरौं । अदालतले कुरा नबुझी स्टेअर्डर गर्दा टुक्राटुक्रा सडक हाम्रो बन्न सकेको छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७