राज्यमन्त्री वलीको घटनाबारे जाँचबुझ गर्न कार्यदल गठन


१ असार २०७९, बुधबार

दाङ । स्वास्थ्य, जनसंख्या परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली घटनाबारे सत्यतथ्य पत्ता लगाउन लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्यतथ्य बुझ्नका लागि लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।

जाँचबुझ समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेकोे सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए ।

मन्त्रि परिषद्ले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेशसभामा पेश गर्ने स्वीकृती प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट स्वीकृतीका लागि पेशका लागि स्वीकृत प्रदान गर्ने निणर्य गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७