२०७९ असार २ गते बिहीबारको तपाईको राशिफल

असार कृष्ण द्वितीया पञ्चाङ्गः ब्रह्म गर पूर्वाषाढा


२ असार २०७९, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान पनि मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धर्म, संस्कृति सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कष्टकर र अनवस्यक यात्रा हुन सक्छ । स्वास्थ्यमा सजग रहनु नै उचित हुनेछ । पुँजी बजार र शेयर बजारले पनि साथ नदेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । शेयर बजारको लगानी पनि राम्रै रहला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्यमा समस्या देखा पर्न सक्छ अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर पारिवारिक सहयोग मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
कुनै कुराले मनमा शान्ति छाउने छ । बन्द, व्यापार र पेसा, व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७