कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक


२ असार २०७९, बिहीबार
worldcup poster TnT8uiBMHw

काठमाडौं । कतारमा आउँदो नोभेम्बर २१ देखि शुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ । फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन् । मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन् । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७