फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


२ असार २०७९, बिहीबार
Nepal Oil Corporation scaled

काठमाडौं : भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ ९१ पैसा बढेर आएको छ ।

जुन १६ तारिख (बिहीबार) प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य लिटरमा ६ रुपैयाँ ५२ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । 

डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएर आएको निगमले जनाएको छ ।

डिजेलको मूल्य प्रतिलिटर १९ रुपैयाँ ३ पैसा र हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले वृद्धि भएकाे छ ।

डिजेलको खरिद लागत बढेर २०२ रुपैयाँ पुगेको छ भने डिजेको खुद्रा बिक्री मूल्य १६५ रुपैयाँ रहेको छ । डिजेलमा प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा रहेको निमगले जनाएको छ ।

एलपी ग्याँसको खरिद लागत यथावत छ । तर, जुन १ को लागत र हालको बिक्री मूल्य प्रति सिलिन्डर १८०० बिक्री मूल्यअनुसार निमगलाई प्रति सिलिन्डर ७५१ रुपैयाँ १४ पैसा घाटामा रहेको जनाइएको छ ।

नयाँ मूल्यसूची अनुसार समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ४ अर्ब ८१ करोड र मासिक घाटा ९ अर्व ६३ करोड पुग्ने अवस्था रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७