पहिरोले बगाउँदा सासु-बुहारी बेपत्ता


३ असार २०७९, शुक्रबार
pahiro 4 scaled
फाइल फोटो

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका-७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् ।

तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीयवासीले बताएका छन् । पहिरोले अधिकारीका दुई वटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपाय समेत पुरेको बताइएको छ । थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७