भारतीय रेलको ठक्करबाट झापाका एक युवाको मृत्यु


३ असार २०७९, शुक्रबार
traintracks
सांकेतिक तस्विर

झापा । झापाको काँकडभिट्टा नजिकैको पश्चिम बंगालस्थित पानीट्यांकीमा भारतीय रेलले ठक्कर दिँदा एक नेपाली युवकको ज्यान गएको छ ।

झापाको मेचीनगर नगरपालिका-६ काकडभिट्टा निवासी ३० वर्षीय विजय श्रेष्ठ बिहीबार साँझ रेलले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । पानीट्यांकी काँकडभिट्टा नजिकको मेची नदी पारीको भारतीय बजार हो ।

बिहीबार साँझ साढे ७ बजे भारतीय बजारबाट घर फर्किंदै गर्दा रेलको बाटो काट्दै गर्दा उनलाई रेलले ठक्कर दिएको हो । नेपाली युवकको शव अहिले भारतमै छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७