१४ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा वडा सदस्य पक्राउ


३ असार २०७९, शुक्रबार
Rape for nayapage

रोल्पा । एक १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी अभियोगमा वडा सदस्य पक्राउ परेका छन्  । पक्राउ पर्ने त्रिवेणी गाउँपालिका-६ जुगारका ३५ वर्षीय मोहन केसी गत स्थानीय निर्वाचनमा वडा सदस्य चुनिएका थिए ।

माडीकी किशोरीलाई ललाइफकाइ करणी गरेको आरोपमा गत जेठ ३० मा केसीलाई पक्राउ गरिएको रोल्पा प्रहरीका डीएसपी विनोद घिमिरेले जानकारी दिए । रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेका अनुसार गएको जेठ ३० गते रोल्पाकै माडी गाउँपालिका-१ घर भएकी कक्षा ९ मा अध्ययनरत किशोरीलाई उनले घरमै गएर जबजस्ती करणी गरेको आरोप छ।

अभिभावकले किशोरीमाथि बलात्कार भएको उजुरी दिएपछि वडा सदस्य केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट सात दिनको म्याद थप गरेर केसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केसीविरुद्ध रोल्पा अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले जनाए ।

प्रहरीका अनुसार दुई वर्षयता जिल्लामा १२ जनाभन्दा बढीमाथि करणी मुद्दा दर्ता भएका छन् । अभियोग लाग्नेमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका नेता, युवा, किशोर र वृद्ध छन् । अघिल्लो वर्ष करणी मुद्दा मिलापत्र गराएको आरोपमा लुंग्री गाउँपालिकाका केही जनप्रतिनिधिलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७