ईश्वर पोखरेलको प्रश्न : अमेरिकालाई एसपीपीका लागि पत्राचार गर्दा कसको अनुमति लिइयो ?


३ असार २०७९, शुक्रबार
ishwor pokhrel 2 scaled

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले प्रधानसेनापतिले अमेरिकालाई गरेको पत्राचारबारे प्रश्न उठाएका छन् । उनले कसको अनुमतिमा अमेरिकालाई पत्राचार गरिएको थियो भन्दै प्रश्न गरेका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पहिलो पटक उपस्थित भएको भन्दै उनले सभापतिलाई धन्यवाद दिए । ‘प्रधानसेनापति ज्यूले एसपीपीका लागि जुन पत्र पठाउनु भयो, त्यो भर्खरै बनेको सरकारको लागि हो वा अरु नै केही थियो ?’ पोखरेलले भने, ‘हामी पटक-पटक पत्राचार भएको देखेका छौं । त्यो उताबाट स्वीकार नगरिएको पनि देखिएको छ ।’

०७२ भाद्र २४ गते सबैभन्दा पहिला नेपाली सेनाले जिज्ञासा राखेको उनले बताएका छन् । ‘रक्षा मन्त्रालयले त्यसको २० दिनपछि एसपीपीमा जान सकिन्छ भनेर भन्यो । त्यस बेलाको प्रधानसेनापतिले पत्राचार गरिएको अथोराइज्ड छ ?’ उनले समितिको बैठकमा भने, ‘पहिलो पटक जंगी अड्डाबाट पत्र लेख्दा मुलुकमा प्रधानमन्त्री र रक्षामन्त्री हुनुहुन्थ्यो । सकारात्मक रेस्पोन्सका साथ पठाइयो । यसमा राँटो नराखी बुझौं भन्न खोजिएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७