एमालेको अवरोधकैबीच राष्ट्रिय सभाबाट विनियोजन विधेयक-२०७९ बहुमतले स्वीकृत


३ असार २०७९, शुक्रबार
Samsad meeting 1 scaled

काठमाडौँ । राष्ट्रियसभा आज (शुक्रबार) बैठकले विनियोजन विधेयक २०७९ बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले विधेयक बहुमतले स्वीकृत गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले बैठकमा विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले प्रतिनिधिसभाबाट सन्देशसिहत प्राप्त विनियोजन विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको घोषणा गरे ।

उनले सो विधेयकको विभिन्न शीर्षकहरुमाथि समूहगत छलफलमा भाग लिनका लागि आगामी असार ९ र १० गते समय तोकिएको जानकारी दिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर त्यसो नगरेकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७