संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो


३ असार २०७९, शुक्रबार

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकाको भ्रमणबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई असार ५ गते बोलाएको छ ।

समिति सभापति पवित्रादेवी निरौलाले अमेरिकाको सैन्य रणनीति स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी ) र अमेरिकाको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री वासिङटन डीसी जाने विषयमा जानकारी लिन प्रधानमन्त्रीलाई समितिमा बोलाएको बताइन् ।

उनले प्रधानमन्त्रीको भ्रमणको तालिका र भ्रमणमा गरिने एजेण्डाहरूबारे जानकारी गराउन परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग माग समेत गरेकी थिइन् । जवाफमा मन्त्री खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमण प्रारम्भिक चरणमा रहेको र मिति र एजेण्डाबारे छलफल हुन बाँकी रहेको स्पष्ट पारेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७