२०७९ असार ४ गते शनिबारको तपाईको राशिफल

असार कृष्ण पञ्चमी पञ्चाङ्गः वैधृति कौलव श्रवण


४ असार २०७९, शनिबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफन्तसँग भेटघाट हुनेछ । सफल यात्राको योग छ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवाद बढ्न सक्छ, अतः वाणीमा लगाम लगाउन आवश्यक हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज लाभ-हानी, आय-व्यय, सुख-दुःख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज कुनै कुराले मनमा शान्ति छाउने छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धार्मिक सभा-समारोहमा सरिक हुने अवसर मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज घर परिवारमा झैझमेलाको अवस्था आउला । स्वास्थ्यप्रति बढी सजग हुन आवश्यक छ । आर्थिक पक्ष पनि कमजोर रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । पारिवारिक साथ र समर्थन मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । छोटो दूरीको सफल र लाभदायक यात्रा पनि हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सजिलै अरुको विश्वास जित्न सकिने छ । विद्या र बुद्धिको विकास हुनेछ । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज शुभकार्यको चर्चा चल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ला । आर्थिक क्षेत्र पनि मजबुत नै हुने देखिन्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७