श्रीलङ्कामा अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह


४ असार २०७९, शनिबार
srilanka 1

काठमाडौं । इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ । यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ ।

इन्धन अभावका कारण श्रीलङ्काका सयौँ पेट्रोल पम्प बन्द छन् भने सार्वजनिक यातायात नराम्ररी प्रभावित भएको छ । सरकारले आगामी दुई साता यात्रा गर्न कठिन हुने जनाएको छ । श्रीलङ्काले पेट्रोल र डिजेल किन्न भारतसँग थप आर्थिक सहयोग मागेको छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७