नेपाल डिभिजन २ मा घटुवा


३० आश्विन २०७४, सोमबार
Icc Nepal criket

काठमाडाैं : विश्व क्रिकेट लिगमा  नेपाल डिभिजन २ मा घटुवामा भएकाे छ ।  विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएपछि नेपाल घुटुवा परेकाे हाे ।

Icc Nepal criket
फाइल तस्बिर ।

दाेस्राे खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका छन् । यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हाे । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।

सोमबार केहीबेर वर्षा रोकिएसँगै मैदानमा घाम लागेपछि स्थानिय समयानुसार दिउँसो २ बजेर ४७ मिनेटपछि खेल हुने भनिएपनि  पुनः वर्षाभएपछि खेल हुने  नहुने भएकाे छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।च्याम्पियनसिपबाट विश्वकप छनोट हुन नसके नेपाल डिभिजन दुई खेल्नेछ। जसका शीर्ष दुई टोली पनि विश्वकप छनोटमा पुग्नेछन्।

hongkong
हङकङ क्रिक्रट ग्राउण्ड ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७