पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन


४ असार २०७९, शनिबार
nagdhunga Sadak pahiro 1 ILO7QNa33M

काठमाडौँ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा-४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।

पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हँुदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७