सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध


४ असार २०७९, शनिबार
Mugling

चितवन । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका-६ चारकिलोमा दिउँसो करिब ११ः३५ बजेको समयमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

बाटो खुलाउनका लागि सडक डिभिजनसँगको समन्वयमा इलाका प्रहरी कार्यालय मुग्लिनको नेतृत्वमा प्रहरी टोली खटिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७