बन्दुक चलाउन भन्दा संसदीय अभ्यास गाह्रो :ओनसरी घर्ती


३० आश्विन २०७४, सोमबार
Formar speaker Onsari Gharti Magar

संयोग नै भन्नुपर्छ । नेपालमा केहीअघि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश तीनै सर्वोच्च पदमा महिला थिए । अहिले राष्ट्रपति बहाल छन् ।

Formar speaker Onsari Gharti Magar

प्रधानन्यायाधीश केहीअघि निवर्तमान भइन् । सभामुख ओनसरी घर्तीले नेतृत्व गरेको व्यवस्थापिकाको कार्यकाल शनिबारबाट सकिएको छ । जनयुद्धको पृष्ठभूमिबाट संसदीय राजनीतिमा प्रवेश गरेकी घर्ती करिब २ वर्ष सभामुखको नेतृत्वमा रहिन् । उनीसँग संसदीय अभ्यास, संविधान कार्यान्वयनका प्रगतिलगायतमा कान्तिपुर दैनिकका बालकृष्ण बस्नेतले गरेको कुराकानीमा बन्दुक चलाउन भन्दा संसदीय अभ्यास गाह्रो भएकाे बताएकी िछन् ।

 जनयुद्ध चाहिंँ सीधा लडाइँ थियो । भौतिक लडाइँ भन्नुपर्छ, त्यसलाई । यो चाहिंँ एकदमै घुमाउरो लडाइँ हो । त्यतिखेर पनि बुद्धि–विवेक त चाहिन्थ्यो, तर त्यो सिधा बाटोबाट हिंँड्न पाइने भएकाले सजिलै ठानेको थिएँ । अहिलेको बाटो कठिन हो । किनभने सबै पक्षसँग, सबैले आफ्नो सहभागिता जनाउने भन्ने गाह्रै कुरा हो । बन्दुक बोकेर हिंँड्नु जति सजिलो होइन । एकल निर्णय गर्न एक जनाको विचारले पुग्छ । धेरैको विचार एक ठाममा ल्याउन जुन संघर्ष गर्नुपर्छ, जुन छलफल हुन्छ । त्यो स्वाभाविक रूपमा जटिल हुन्छ ।

 म आफू केही बन्छु भनेर आफैलाई केन्द्रविन्दुमा राखेर सोचिन । जनताको सेवाकै लागि हामी लड्ने हो भन्ने नै हो । त्यो सेवा विभिन्न ढंगले गर्न सकिन्छ । राजनीतिक दलभित्रै विभिन्न तहमा रहेर पनि गर्न सकिन्छ । सामाजिक सेवा पनि गर्न सकिन्छ । उपसभामुख, सभामुख सम्मतिर ध्यान थिएन । बरु संसदमा पुगेर जनताका आवाज बोल्ने, जनताका आवश्यकता पूरा गर्नुपर्छ भन्ने थियो । मौका पाउँदा बरु मन्त्री भएर प्रत्यक्ष रूपमा जनताको काम गर्ने भन्ने थियो ।

 सुरुमा जिम्मेवारी बोक्न मुस्किल भएको थियो नै । मैले सभामुखकै जिम्मेवारी आउँछ भनेर सोचेको थिइन । नसोचेको कुरा आउँदा सबैलाई यस्तै हुन्छ जस्तो लाग्छ । यति चाँडै सभामुख हुँला भन्ने सोचेको थिइन । किनभने मभन्दा धेरै वरिष्ठ, अनुभव भएका नेताहरू पार्टीभित्र हुनुहुन्छ । उहाँहरूलाई आज पनि म उत्तिकै सम्मान गर्छु । कम्युनिष्ट पार्टीमा नेतृत्वमा जानका लागि भयंकर दुस्ख गर्नुपर्छ । उमेरको हिसाबले पनि यति चाँडै त्यहाँ पुग्नु हुँदैन भन्ने नै थियो । ३८ वर्षमै सभामुख हुन्छु भनेर कहाँ सोच्नु ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७