सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार


४ असार २०७९, शनिबार
Rape for nayapage

दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-५ की युवतीमाथि चार जना युवाले सामुहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार राति तुलसीपुर उपमहानगरपालिका-९ दोघरेस्थित बन्दै गरेको एक घरमा युवतीमाथि बलात्कार भएको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

घटनामा संलग्न भएको आरोपमा तुलसीपुर-५ का २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका छन् । अन्य दुई जना भने फरार रहेकाले खोजी भइरहेको एसपी काफ्लले जानकारी दिएका छन् ।

युवाको समूहले युवतीलाई फकाएर एकान्तमा लगी सामुहिक बलात्कार गरेको प्रहरीको भनाइ छ । पीडित युवतीले घरमा गएर बताएपछि प्रहरीले शुक्रबार घटना बाहिरिएको थियो । युवतीको तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७