दुबईका राजकुमार नेपालमा, काठमाडौं ओर्लने वितिक्कै पुगे झापा


४ असार २०७९, शनिबार
dubai rajkumar

झापा । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज (शनिबार) नेपाल आएका छन् ।

उनी पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गनज्र्ञ आजै झापा पुगेका छन् । उनी शनिबार नै झापा पुगेको पनि जनाइएको छ । झापा विर्तामोडस्थित विएण्डसी अस्पताल परिसरमै खुलेको क्यान्सर अस्पताल यसअघिबाटै सञ्चालनमा आइसकेको छ ।

अस्तपाल मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालनमा ल्याएका हुन् । उक्त क्यान्सर अस्पतालको शुभारम्भ भएसँगै नेपालको पूर्वी क्षेत्रका क्यान्सरका बिरामीहरु काठमाडौं, चितवन तथा भारतको विभिन्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७